अमेरिकी राष्ट्रपति भवनमा बाढी पस्यो

एजेन्सी । अमेरिकी रास्ट्रपति भवन ह्वाइट हाउसमा पानी पसेको छ । भीषण वर्षाका कारण आएको बाढी रास्ट्रपति भवनमा छिरेको हो । 

अमेरिकाकाे वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेकाे बताइएकाे छ । ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएकाे छ । ती सडकमा सवारी साधनसहित चालकहरू फसेका र केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको बताइएकाे छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यामले केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गर्नु परेको जनाएका छन। कतिपय अन्डरपास मार्गहरूमा २ मिटरसम्म पानीको स्तर पुगेको बताइएकाे छ । 

वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल नै पसेपछि ठूलाे समस्या उत्पन्न भएकाे बताइएकाे छ । बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भएकाे छ । उक्त कार्यालयका कर्मचारीले त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेजहरु भने सुरक्षित रहेकाे दावी गरेका छन्। त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएकाे बताइन्छ ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।

Loading...