प्रदेशकै स्तरीय सेवा दिदै खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र

पाल्पा, रिब्दीकोट गाँउपालिकामा रहेको खस्यौली प्राथमीक स्वास्थ्य केन्द्र विरामीहरुको स्वास्थ्य सेवा दिनमा प्रदेशमै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको पहिचान बनाउन सफल भएको छ । प्रदेश नं ५ को अन्य जिल्लामा रहेका स्वास्थ्य केन्द्र र पाल्पा जिल्लाको जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा विरामी सेवाग्राहीहरुको गुनासो वढिरहेको अवस्थामा खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रले सेवाग्राही विरामीहरुको मन […]

जाजरकोटका किसान सुन्तला खेतीतर्फ आर्कषित

जाजरकोट, २४ असार । सुन्तला खेतीमा यहाँका कृर्षकको आक्रसन बढ्दै गएको छ । थोरै लगानी तथा मेहनतबाट मनग्य आमदानी हुने भएपछि सुन्तला खेती तर्फ आक्रसन बढेको हो ।जिल्लाको कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ मा व्यवसायी सुन्तला खेती हुनेगरेको छ । २ वर्षअघि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला जोन स्थापना गरेपछि […]

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा […]

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?

काठमाडौँ, २४ असार। तुलसीराम चापागाई कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय तत्कालीन उच्च मावि मा पढाउँदै आएका छन् । उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म माध्यमिक तह कायम गरेको छ। त्यसैले उनी मावि […]

गृहमन्त्रीको गम्भीर खुलासा: भन्छन्, स्थानीय जनप्रतिनिधिकै ‘सुराकी’मा कुमार पौडेल मारिएका हुन्

काठमाडौँ, २४ असार । सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले […]

शिक्षक लाईसेन्समा सोधिने नेपाली विषयको नमूना वस्तुगत प्रश्नोत्तर

काठमाडौँ २४ असार । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न […]

बृन्दावन रिसोर्टमा जुवा खेल्दै गर्दा पक्राउ पर्ने को हुन ८ भिआइपी !

ललितपुर, २४ असार । ललितपुरको बृन्दावन रिसोर्टबाट ठूलो संख्यामा जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका वार्ड नं. ३ बाडेगाउँमा रहेको बृन्दावन रिसोर्टबाट प्रहरीले ८ जना जुवाडेलाई जुवा खेल्दाखेल्दै पक्राउ गरेको हो । प्रहरीले बृन्द्रावन रिसोर्टमा जुवा खेलिरहेका उनीहरुबाट १० लाख ८४ हजार नौ सय ८७ रुपैयाँ र १६ थान तास बरामद गरेको जानकारी दिएको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नै संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, २४ असार । दुई दिनदेखि बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तर, उनले ऐनका कुन कुन बुँदामा किन संशोधन गर्ने भन्नेबारे केही बताउन चाहेनन् । लामो समयदेखि थाति राखिएको उक्त […]

खलंगामा बिभत्स घटना, दाजुबहिनीले गरे एउटै डोरीमा झुण्डिएर आत्महत्या

cदार्चुला, २४ असार । दार्चुलामा एक कहालीलाग्दो घटना घटेको छ । जिल्लाको शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौराका दाजुबहिनीले जिल्ला सदरमुकाम खलंगामा एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । बगौराका महादेव डागा र मनिसा डागा नाम गरेका दाजु बहिनीले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनीहरुहरुले के कारणले आत्महत्या गरेका हुन् भन्ने […]

विश्वकपको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै, कसको सम्भाबना कति ?

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारि सन् २०१९ एक दिवसिय विश्वकपको सेमिफाइनल खेलहरु मंगलवारबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्दा दोस्रो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्। विश्वकप सेमिफाइनल पुगेका टोलीका ४ कप्तान मध्ये केन विलियम्सन र विराट कोहली उमेरले दुई कान्छा कप्तान हुन्। अष्ट्रेलियन कप्तान एरन फिन्च र इंग्ल्याण्डका कप्तान ओएन […]