हिरासत तोडेर तीन थुनुवा भागेपछि भैसेपाटीका इन्स्पेक्टरसहितका प्रहरी परे कारवाहीमा

काठमाडौं, २४ असार । फिल्मी शैलीमा तीन जना थुनुवा हिरासत तोडेर भागेपछि प्रहरीले ललितपुरको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागमा कार्यरत एक इन्स्पेक्टरसहित ड्यूटीमा बस्नेहरुमाथि कारवाही थालेको छ ।

गएराति ललितपुरको भैसेपाटीस्थित प्रहरी प्रभागको हिरासतबाट तीन जना थुनुवा झ्यालको ग्रिल नै तोडेर फरार भएपछि भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक किरण मल्लसहित ड्युटीमा लापरबाही गर्ने प्रहरी कारवाहीमा परेका हुन् । सोमबार राति हिरासत तोडेर भाग्नेहरु शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना रहेको बताइएको छ । उनीहरु दुई जना डाँका र एक जना लागुऔषध मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरीय प्रहरी परिसर तानिएको एसएसपी रविन्द्रसिंह धानुकले यस काण्डमा प्रभाग प्रमुख इन्स्पेक्टर मल्लसहित त्यसबेला ड्युटीमा रहेका प्रहरी अधिकारीहरूलाई कारबाहीका लागि ललितपुर परिसर तानिएको जानकारी दिए । साथै उनले घटनाको छानबिनका लागि एसपी दुर्गा सिंह (चन्द) को नेतृत्वमा समिति समेत गठन गरिएको जानकारी दिए ।

प्रहरीले उनीहरूको व्यापक खोजी भइरहेको जनाएको छ।

यो समाचार पनि पढ्नुहोस्

ललितपुरको हिरासत तोडेर तीन जना बन्द फरार

Loading...