ललितपुरको हिरासत तोडेर तीन जना बन्द फरार

काठमाडौं, २४ असार । राजधानीको एक प्रहरी हिरासतबाट तीन जना व्यक्ति फिल्मी शैलीमा भाग्न सफल भएका छन् ।

ललितपुरको भैसेपाटीमा रहेको महानगरीय प्रहरी प्रभागको हिरासतबाट तीन जना व्यक्ति फरार भएका छन् । गएराति झ्यालको ग्रिल नै उप्काएर भागेका उनीहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषध मुद्दामा पक्राउ परेका थिए ।

जावलाखेलमा रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरको हिरासतमा राख्ने ठाउँ नै नभएको भन्दै प्रहरीले उनीहरुलाई भैसेपाटीमा राखेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख रविन्द्र धानुकले फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

ललितपुर प्रहरी प्रमुख धानुकले फरार भएकाहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको जानकारी दिए ।

Loading...