सरकारका प्रवक्ताको बिलौना- सरकार झाडीमा फसेको बाह्रसिँंगे जस्तो भयो

काठमाडौं, ३० असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका छन् । सोमवार संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका हुन् । सोमवार राजधानीमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ द्वारा आयोजित सञ्चार उद्यमीसँगको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले भने ”सरकार […]

वर्षामा थन्काउने गरिएका कुलेखानी जलविद्युत आयोजना इन्द्र सरोवर भरिएपछि पूर्ण क्षमतामा चलाइयो

काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाइएपछि भारतबाट आयात गरिने विद्युत घटाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको इन्द्र सरोबर ताल पूरै भरिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्द्रसरोवरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई […]

एक लाख ८० हजार घुससहित सिँचाइ कार्यालय भोजपुरका प्रमुख कार्यालयबाटै पक्राउ

भोजपुर,३० असार । असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुरमा एकजना कार्यालय प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार कार्यालयबाटै पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका १३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल […]

कैलालीमा यात्रु बस दुर्घटना

कैलाली,३० असार । कैलालीमा बस दुर्घटना भएको छ । दुर्घटनाबाट ९ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हुदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुख्खडले बताएको […]

राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धोबिखोला छेउमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दै स्थानीयले विरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । धोबिखोलाको छेउमा मापदण्ड नपुर्‍याइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन् । सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न […]

वनको निउरो साग खाँदा दाजु बहिनीको मृत्यु, आमा सिकिस्त

काठमाडाैं । वनबाट ल्याएकाे निउराे साग खाँदा अछामका एक परिवारमा ठूलाे वपत्ति अाइलागेकाे छ । अछाम रामारोशन गाउँपालिका-५ तल्लोपाटनमा यस्ताे घटना भएकाे हाे ।  बनबाट ल्याएकाे निउरो सागको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर विरामी परेका छन् । मृत्यु हुनेमा एकै परिवारका दाजु र बहिनी रहेका छन् । साथै आमा […]

पहिरोले पुरिएका आमाछोरीको शव भेटियो

मकवानपुर,३० असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा पहिरोले घर बगाएर बेपत्ता भएका २ जनाको शव फेला परेको छ । आईतबार राति घरमा सुतिरहेकै अवस्थामा पहिरोले घर बगाएर बेपत्ता भएका ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु बस्ने कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोमा […]

कुलोमा डुबेर डेढ वर्षीय बालकको निधन

दाङ, ३० असार । दाङकाे घोराही उपमहानगरपालिका- ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका ६ अगरा निवासी हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको बताइएको छ । उक्त बालक घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर घाइते […]

बाढीले कारागार नै डुब्यो, जेलका बन्दीहरुको विचल्ली

महाेत्तरी, ३० असार । हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि […]

सीमा क्षेत्रका अधिकांश बासिन्दाको भारतीय जनतासँग स्नेह छ, तर भारत सरकारप्रति सद्भाव छैन

पछिल्लो कालखण्डमा नदीनालाहरूसँग बढी नै छेडछाड गरिएकाले होला बाढी, पहिरो र डुबानजस्ता जलउत्पन्न प्रकोपको मात्रा र गति पनि बढ्दै गएको छ । पहाडी क्षेत्रमा हुने विपत्तिमा मूलतः नेपालीहरू नै जिम्मेवार छन् । तर, तराईमा भने भारतीय पक्षको हेपाहा र अदूरदर्शी प्रवृत्तिका कारण बढी डुबान र बाढीले विध्वंश मच्चाउने गरेको छ । बर्सेनि नेपालीहरूलाई पानी नआए […]