एक लाख ८० हजार घुससहित सिँचाइ कार्यालय भोजपुरका प्रमुख कार्यालयबाटै पक्राउ

भोजपुर,३० असार । असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुरमा एकजना कार्यालय प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार कार्यालयबाटै पक्राउ गरेको हो ।

यादवले षडानन्द नगरपालिका १३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन्।

Loading...