कीर्तिमानी मुल्यमा डिफेन्डर भित्रायो म्यानचेस्टर युनाइटेडले

एजेन्सी । म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई आफ्नो क्लबमा अनुबन्धित गरेको छ ।

इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो । यो डिफेन्डरका लागि तिरिएको सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन पाउण्ड खर्च गरेको थियो ।

मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि आबद्ध भैसकेका खेलाडी हुन् । उनको सोमबार युनाइटेड प्रवेशका लागि मेडिकल जाँच पूरा भएको छ ।

मिगुइर २०१७ मा हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए । उनि २६ वर्षका छन् । उनले लेस्टर सिटीसँग रहेर घरेलु किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी भएका छन् ।

उनको उपस्थितिले म्यानचेस्टरको रक्षा पंक्ति बलियो हुने ठानिएको छ । उनले लेस्टर सिटीमा रहेर २० खेल जितेका छन् ।

Loading...