विश्वकै महड्गो नाइट क्लबमा रातभर मस्ती गरेका बोल्ट ट्रयाकमै लडेपछि विश्वभर आलोचित

एजेन्सी । उसेन बोल्ट विश्वमा अहिलेसम्मका तीब्र गतिका धावक हुन् । जब मैदानमा बोल्ट दौडिन्छन्, तब उनी उडेजस्तै सबैभन्दा अगाडि पुग्छन् । तिनै बोल्ट अब भने एथ्लेटिक्स मैदानमा देखा नपर्ने भएका छन् । उनले अन्तराष्ट्रिय दौडबाट सन्यास लिएका छन् ।

मैदानमा रहँदासम्म निकै चर्चामा रहेका बोल्ट, सन्यास लिँदा पनि उत्तिकै चर्चामा छन् । सन्यास लिँदा उनको चर्चा उनको दौड्ने क्षमताका कारण नभई उनले सन्यास लिने पार्टीमा गरेको खर्चका कारण चर्चामा आएका छन् । उनले ठूलो धनराशी खर्च गरेर विश्वकै महङ्गो नाइट क्लबमा गएर मस्ती गरेको चर्चा अहिले विश्वभरका मिडियामा छाएको छ ।

कुरा त्यति मात्र होइन, उनले सन्यास लिने अन्तिम खेलमा विश्वभरका फ्यानहरुले उनीबाट जे आशा राखेका थिए, त्यसलाई उनले एकैछिन धुलोमा मिलाइदिए । जीवनकै जीवनकै अन्तिम दौडमा बोल्टले दौड नै पूरा गर्न सकेनन् । स्वर्ण जित्ने कुरा त निकै परको कुरा थियो ।

अन्तिम दौडमा बोल्ट एकैछिनमा ट्र्याकमै लडे । उनले न त दौड पूरा गरे न कि जमैकाका लागि स्वर्ण नै दिलाए । त्यसपछि उनको यति धेरै आलोचना भयो कि जुन उनले कल्पना नै गर्न सकेका थिएनन् ।

अन्तिम दौडमा उनी ट्रयाकमा लड्नुको कारण उनले ठिक अघिल्लो दिन एक नाइट क्लबमा गरेको मस्ती थियो भनेर धेरैले भनेका छन् । अघिल्लो दिन बोल्टले लन्डनको एक नाइट क्लबमा आफ्ना केही नजिकका साथी र युवतीहरुका साथमा रातभर मस्ती गरेको खबर बाहिर आएको छ । सोही कारण उनले सन्यास खेलमा लज्जाजनक अवस्था व्यहोर्नुपर्यो ।

बोल्टले आफ्ना केही नजिकका साथी र प्रेमिकालाई निमन्त्रणा दिएका थिए । रातभरि नै मनोरञ्जन गरेका बोल्टले धेरै डलर खर्चेको दाबी गर्ने धेरै आए । तर, ट्र्याक एन्ड फिल्डमा दौडेर करोडौँ रुपैयाँ कमाएका बोल्टले नाइट क्लबमा धेरै खर्च गरेनन् । ब्रिटिस मिडियालाई प्राप्त भएको बिलअनुसार बोल्ट सो दिन केवल सात हजार पाउन्ड मात्र पार्टीमा खर्चेका रहेछन् ।

यस क्रममा उनले आमन्त्रित साथीहरूलाई केवल पाँच बोतल डोम प्रिजन स्याम्पेन मात्र खुवाए । उनले नाइट क्लबकै सबबैभन्दा महँगो ९ सय ४० पाउन्ड पर्ने वाइन मान्गुम्स दुईवटा मात्र किनेका रहेछन् । साथीहरूको आग्रहमा उनले एक भोड्कालाई ५ सय ७० पाउन्ड तिरेका रहेछन् । करिअरकै अन्तिम दौड सोचेकोजस्तो नभए पनि बोल्टको बिदाइ पार्टी सानदार नै भयो । यसैकारण उनले नाइट क्लबमा पाँच सय पाउन्ड टिप्स दिएर निस्किए ।

नाइट क्लबमा सहभागी एक व्यक्तिले बोल्ट रक्सी र वाइन किन्नमै व्यस्त भएको जनाए । ‘यसपटक बोल्टको व्यवहारबाट हामी दंग नै परेका थियौँ, उनी पार्टीभरि नै भोड्का र स्यापेन किन्न नै व्यस्त भए,’ उनले भने, ‘हामी बिहान पाँच बजेसम्म त्यहीँ नै थियौँ ।’