कैलालीमा यात्रु बस दुर्घटना

कैलाली,३० असार । कैलालीमा बस दुर्घटना भएको छ । दुर्घटनाबाट ९ जना घाईते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हुदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुख्खडले बताएको छ ।

घाईते ७ जनाको घोडाघोडी अस्पताल र अन्य २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसको रड भाँचिदा बस दुर्घटनामा परेको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । चालकलाई ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

Loading...