राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धोबिखोला छेउमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दै स्थानीयले विरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

धोबिखोलाको छेउमा मापदण्ड नपुर्‍याइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन् ।

सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकाेमा स्थानीय आक्राेसित भएका छन् । मेयर, उपमेयर र वडाअध्यक्षले मिलेमतोमा स्थानीयको हित विपरित काम गरिरहेको स्थानीयले बताएका छन् । उनीहरूकाे मनाेमानीमा प्रहरीले साथ दिएकाे स्थानीयकाे आराेप छ ।

बोरिङले पानी निकाल्दा वरपरको बस्तीमा पानी सुक्ने समस्या आउने भएकोले आफुहरु विरोधमा उत्रिएको स्थानीयको भनाइ छ ।

Loading...