पहिरोले पुरिएका आमाछोरीको शव भेटियो

मकवानपुर,३० असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा पहिरोले घर बगाएर बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

आईतबार राति घरमा सुतिरहेकै अवस्थामा पहिरोले घर बगाएर बेपत्ता भएका ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु बस्ने कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोमा परी ३८ वर्षीया बुहारी बेली बलामी घाइते रहेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए । उनलाई उपचारार्थ अस्पताल पठाइएको पनि उनले जानकारी दिए।

पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । पहिरोका कारण मार्खु कुलेखानी लगायतको क्षेत्र प्रभावित रहेको छ ।

Loading...