कुलोमा डुबेर डेढ वर्षीय बालकको निधन

दाङ, ३० असार । दाङकाे घोराही उपमहानगरपालिका- ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका ६ अगरा निवासी हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको बताइएको छ ।

उक्त बालक घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको दाङ प्रहरीले जानकारी दिएको छ ।

Loading...