वनको निउरो साग खाँदा दाजु बहिनीको मृत्यु, आमा सिकिस्त

काठमाडाैं । वनबाट ल्याएकाे निउराे साग खाँदा अछामका एक परिवारमा ठूलाे वपत्ति अाइलागेकाे छ । अछाम रामारोशन गाउँपालिका-५ तल्लोपाटनमा यस्ताे घटना भएकाे हाे । 

बनबाट ल्याएकाे निउरो सागको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर विरामी परेका छन् । मृत्यु हुनेमा एकै परिवारका दाजु र बहिनी रहेका छन् । साथै आमा गम्भीर बिरामी परेकी छिन् ।

रामारोशन गाउँपालिका-५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र ५ वर्षीया बहिनी मनिषाको मृत्यु भएको हो । आमा नरपता बोहोराको अवस्था गम्भीर छ । उनलाई बयालपाटा अस्पताल अछामबाट थप उपचारका लागि बाँकेको कोहलपुर लगिएकोछ। २७ गते निउरो खाएका उनीहरुले २९ गते साँझसम्म पानी समेत खाएनन्।

केही पनि नखाँदा जलवियोजन भई मृगौलामा असर परेको देखिन्छ। समयमै उपचार नगर्दा यस्तो अवस्था आएको उपचारमा संलग्न बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने ।

स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए। उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए।

Loading...