नेपालगन्ज, १६ भदौ । चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारी अनुसार खुट्टामा गोली लागी घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। ‘नेपाल–भारत सिमास्थित जमुनाहामा […]
समाज
नक्कली एटीएमबाट पैसा चोर्ने मनि एक्सचेन्जका सञ्चालकसहित तीन नेपाली पनि पक्राउ
काठमाडौं, १६ भदौ । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार […]
अब सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने
काठमाडौँ, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । स्थानीय स्रोतसाधन, ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी रोजगारी र उत्पादकत्व अभिवृद्धि गर्न सहायता पु¥याउने उद्देश्यले सरकारले ग्राम स्थापनाको तयारी […]
पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन
काठमाडौँ, १६ भदौ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव […]
सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा
जाजरकोट, १६ भदौ । भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ ।जिल्लालाई सात स्थानीय तहमा विभाजन गरे पनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अति न्यून छ । जिल्लामा ५० शय्याको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् । त्यस्तै […]
खानेपानी आयोजनाको काम अन्तिम चरणमा
बनेपा, १६ भदौ । काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले छ वर्ष अघि शुरु गरिएको ‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०६९ मङ्सिरमा आयोजना निर्माणबारे सम्झौता भएको थियो । निर्माण कार्य २०७० जेठदेखि शुरु भएको हो । अहिलेसम्म आयोजना निर्माणको म्याद […]
आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न अभियान…
काठमाडौँ, १६ भदौ . सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ । तपार्इंले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन गर्न र आँखा नदेखे […]
राष्ट्रिय विज्ञान दिवस मनाइदै, विज्ञानलाई विद्यालय तहदेखि जोडिने
काठमाडौँ, १६ भदौ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो । दिवसका लागि […]
यस्तो छ तीज महिमा
नेपाली मौलिक परम्परा भएको हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । द्वीतियामा दर खाने र तृतीयामा तीजको ब्रत बस्ने परम्परा रहिआएको छ । विभिन्न मिठा-मिठा परिकारका साथै ब्रतको बेला भोकप्यास नलागोस भन्ने अभिप्रायले खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूललाई […]
शैक्षिक भ्रमणका लागि स्कूलले वृद्धाश्रम लैजाँदा जब नातिनीले हजुरआमालाई देखिन… संसार रुवाएको कारुणिक फोटोको कथा
काठमाडौं। भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कूलले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला […]











