नक्कली एटीएमबाट पैसा चोर्ने मनि एक्सचेन्जका सञ्चालकसहित तीन नेपाली पनि पक्राउ

काठमाडौं, १६ भदौ । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् ।

सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार राति चिनियाँ मुलका एक फ्रेन्च नागरिक छु लुक्ली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

लुक्ली महानगरीय प्रहरी परिसरले शनिबार पक्राउ गरेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको पुष्टि भएको छ । परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनको साथबाट ६ हजार अमेरिकन डलर बरामद गरेको छ।

एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साँटेको प्रहरीको अनुसन्धानले देखाएको छ।