साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ […]

काठमाडौंको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा […]

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं लैजाँदै गर्दा मृत्यु

धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल  पुर्‍याएका […]

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू […]

सुनसरीमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एकको मृत्यु, १६ जना घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु […]

एमबीएस परीक्षामा प्रश्न पत्र लिक अभियोगमा एक व्यक्ति पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एमबीएस प्रथम सेमेस्टरको अर्गनाइजेश्नल विहेवियर (MGT 515) विषयको परीक्षामा परीक्षार्थीका रूपमा सहभागी नभएका एक व्यक्तिले ह्वाट्सएप मार्फत प्रश्नपत्र प्राप्त गरी उत्तर लेखेको आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली, […]

इन्सपेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप

काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० […]

दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, एक किशोर घाइते

घोराही । दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु भएको छ। अर्का किशोर घाइते छन् । माटोको ढिस्कोले पुर्दा जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ वर्षीय दीपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए। त्यो घटनामा परी १८ वर्षीय सुमित यादव घाइते छन्। उनी खतरा मुक्त रहेको डिएसपी केसीले बताए। शनिबार […]

आदिकवि भानुभक्तको सालिक तोडफोडको आरोपमा एक जना पक्राउ

काठमाडौँ । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा […]

तीन सन्तान जन्माउने परिवारलाई पुरस्कार

Nonstop

स्याङ्जा। घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मापदण्ड पूरा गरेका १७ परिवारले यस कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गरेका छन्। गाउँपालिकाले ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार योग्य परिवारलाई तेस्रो सन्तान जन्मिएपछि दुई वर्षसम्म मासिक […]