नेपालगञ्ज, १६ भदौ । नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो भएको छ । दोस्रो र […]
समाज
गाडीका ब्याट्री चोरी गर्ने गिरोह पक्राउ
भक्तपुर, १५ भदौ । चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ घर भई हाल मध्यपुरथिमिको राधेराधे बस्ने २२ वर्षीय […]
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु
दमौली, १५ भदौ । तनहुँको भीमाद नगरपालिका–७ बैदारचौतारामा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १० वर्षीय युनिक विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु४त १४५० नंको ट्र्याक्टरले पैदलयात्री विकलाई ठक्कर दिँदा घाइते भएका बालकको स्थानीय हरि मेडिकलमा उपचारका क्रममा मृत्यु […]
धम्की दिने तीन जना पक्राउ
काठमाडौँ, १५ भदौ । विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू नेत्रविक्रम चन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई रकम असुल्ने कार्यमा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ का ४२ वर्षीय विश्वराज शर्मा, झापाको भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र भद्रपुर नगरपालिका–८ […]
दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा
विराटनगर, १५ भदौ । हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशभरिमा सवारी दुर्घटनाबाट ३६४ […]
हुलाकी राजमार्गको कालोपत्र अन्योलमा
धनगढी, १५ भदौ । निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले बखेडा झिकेपछि कञ्चनपुरको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने कार्य अन्योलमा परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बखेडा झिकेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढ्न नसकेको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदमबहादुर […]
हात्तीको आक्रमणबाट मृत्यु
इनरुवा, १५ भदौ । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । […]
डेङ्गुविरुद्ध भक्तपुरमा पदयात्रा
भक्तपुर, १५ भदौ । डेङ्गु रोगको सङ्क्रमण बढेपछि यसलाई रोक्न जनचेतनामूलक ¥याली प्रदर्शन गरिएको छ । नेपाल स्काउटले स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिकाको सहयोगमा प्रदर्शन गरेको ¥याली दत्तात्रयबाट शुरु गरिएको थियो । दत्तात्रयबाट शुरु गरिएको ¥याली इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरबारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय दरबार स्क्वायर पुगेर समापन भएको थियो […]
घुस लिएको आरोपमा प्रहरी विरुद्ध नै मुद्दा दायर
काठमाडौँ, १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय […]
पान मसालामाथि प्रतिबन्ध !
बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री(वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ । शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न […]











