ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

दमौली, १५ भदौ । तनहुँको भीमाद नगरपालिका–७ बैदारचौतारामा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १० वर्षीय युनिक विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु४त १४५० नंको ट्र्याक्टरले पैदलयात्री विकलाई ठक्कर दिँदा घाइते भएका बालकको स्थानीय हरि मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

Loading...