धम्की दिने तीन जना पक्राउ

काठमाडौँ, १५ भदौ । विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू नेत्रविक्रम चन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई रकम असुल्ने कार्यमा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ का ४२ वर्षीय विश्वराज शर्मा, झापाको भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र भद्रपुर नगरपालिका–८ का २४ वर्षीय सुभम् घिमिरे छन् । तीनै जनालाई महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Loading...