एससिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने

काठमाडौँ, १५ भदौ । सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल एससिडब्लुइसी सँग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले बर्माको याङ्गुन प्रस्थान गरेको छ । बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एससिडब्लुइसी नेपालका उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा १६ महिला उद्यमी सम्मिलित सो टोली बर्माको याङ्गुन प्रस्थान गरेको हो । टोलीले याङ्गुनको पाइन ओ ओलीन शहरमा […]

उपसमिति प्रतिवेदन पेश

काठमाडौँ, १५ भदौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । समितिको विसं २०७५ चैत २६ गतेको बैठकद्वारा समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार […]

पशुपतिमा तीजको तयारी पूरा

काठमाडौँ, १५ भदौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, […]

उत्खनन् भएन दाङको पेट्रोल खानी

तुलसीपुर, १५ भदौ । विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो । खोजी गरिए दाङका अन्य ठाउँहरुमा पनि पेट्रोल खानी हुनसक्ने विज्ञहरु औँल्याउँछन् । यस विषयमा राज्यको ध्यान पुग्न […]

सामुदायिक विद्यालयमा आँखा परीक्षण जाँच हुने

विराटनगर, १५ भदौ । विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका सम्पूर्ण […]

बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा

जाजरकोट, १५ भदौ । शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ । गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान नसकिने भएको छ । पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आईतबार विद्यालय आउन नसकेको […]

सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक

लहान, १५ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताए । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च […]

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

काठमाडौँ, १५ भदौ । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल निर्माण गर्न लागिएको डिभिजनका […]

तपाईको खाताबाट पैसा गायव भयो कि ! बैंकिङ प्रणालीमा भएको ह्याकिङबारे बोल्यो राष्ट्र बैंक

nepal-rastra-bank

काठमाडौं, १५ भदौ । बैंकिङ प्रणालीमा फेरि समस्या आएको छ । इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) मा नै ह्याकरले साइबर आक्रमण गरेका छन् । जसका कारण सर्भिस प्रोभाइडर नेप्समा आबद्ध ११ वाणिज्य बैंक र ६ विकास बैंकका एटिएम सेवा २४ घण्टा बन्द गर्नुपरेको छ । एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणालीमा ह्याक गरेपछि केही […]

डेङ्गुु रोकथामका लागि अभियान सुरु

डोटी, १५ भदौ । पहिलो पटक डेङ्गुु रोगका कारण जिल्लामा एकको हालै मृत्यु भएपछि आजदेखि त्यसको रोकथामका लागि पहल थालिएको छ । उक्त अभियानका क्रममा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेङ्गुुका बारेमा जानकारी गराउनाका साथै डेङ्गुु सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थान खोजी र नष्ट गर्न थालिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने […]