गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्।

पछिल्लो समय उनको सम्पत्ति विवरण र सेयर लगानी लगायतमा आलोचना भएको थियो। जनचासोलाई गम्भीरतापूर्वक लिएर स्वार्थको द्वन्द नदेखियोस् भनी राजीनामा दिएको उनको स्पष्टिकरण रहेको छ।

राजीनामा अघि उनले प्रधानमन्त्री बालेन्द्र शाह बालेन सँग भेटेका थिए।