आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न अभियान…

काठमाडौँ, १६ भदौ . सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ ।

तपार्इंले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन गर्न र आँखा नदेखे पनि अद्भुत क्षमताका व्यक्तिलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको हितका लागि डेढ दशकदेखि नेपाल र भारतमा काम गर्दै आउनुभएकी साराह गिरीले भन] “हामीले बिचराको सहानुभूति प्रकट गरेका मानिसमा अद्भुत क्षमता, सबै संसार र आफ्नै दुनियाँ छ, तपार्इं हामीले देखेको विश्वलाई उहाँहरुले गरेको अनुभवमा वास्तविकता छ ।”

“भौतिक दृष्टिले देख्छ मात्र, अनुभव गर्दैन, दृष्टि नभएकाले अनुभव गर्छन्, जसमा सत्यता हुन्छ, देखेको कुरा सधैँ सत्य नहुन सक्छ, तर अनुभव गरेको विषय सधैँ सत्य नै हुन्छ”, उgले भन] “हामीले अनुभव गरेको विश्वलाई तपार्इंहरुले वास्तविक रुपमा देख्न पाउनुभएको भए चकित खानुहुन्थ्यो भनी उहाँहरुले व्यङ्ग्य गर्दै आएकोे प्रसङ्ग पनि घतलाग्दो छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गल्फ, पौडी, स्किङ, सगरमाथा आरोहण र खानाका परिकार बनाउने प्रतियोगिताका विश्व विजयी तथा उत्कृष्ट व्यक्तिको सफलताका कथाको विषयवस्तु समेटिएको जानकारी गराउन भदौ २२ गते कार्यक्रम आयोजना गरिँदैछ । न्यून दृष्टियुक्त भएका व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिले शहरका गल्ली र चोकमा सुरिलो गीतसङ्गीतको धून प्रस्तुत गर्ने मात्र होइन, समाजमा अरू महत्वपूर्ण र उदाहरणीय काम गर्दै आएका घटना प्रशस्तै छन् ।

यसैगरी न्यून दृष्टियुक्त व्यक्ति प्रधानन्यायाधीश, वकिल, आइटी डिजाइनर, सफ्टवेयर विज्ञ, उद्योगी तथा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत उदाहरणीय व्यक्तिको पनि सो कार्यक्रममा परिचय गराइनेछ । ‘एविलिज फाउण्डेशन’को देशीय संयोजक वीरेन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले लगायतले कार्यक्रममा विषयगत सत्रको नेतृत्व गर्दै त्यस्ता व्यक्तिको अधिकार र हकहितका लागि अघि सारिनुपर्ने कार्ययोजनाबारे आ–आफनो धारणा प्रस्तुत गर्नु हुनेछ ।

अमेरिकी अडियो विस्तृतीकरण परियोजनाका निर्देशक डा जोयल स्यान्डरले श्रव्य प्रविधिको माध्यमबाट सबै कुरा थाहा पाउने प्रविधिको नेपालमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नुहुनेछ । न्यून दृष्टियुक्त भएका व्यक्तिको शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीको समेत सहभागिता रहने उक्त कार्यक्रममा चित्रकला प्रदर्शनी र गीतसङ्गीत कार्यक्रमसमेत प्रस्ततु हुने आयोजक संस्थाले जनाएको छ ।

Loading...