रारा, २० कात्तिक । काडमाडौँ नार्गजुन नगरपालिका–१० साविकको स्युचाटार–४ का शिवप्रसाद पन्तलगायतको टोलीले आफ्नो रोजगारबाट प्राप्त आम्दानीको खर्चबाट बचत गरेर मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन् । वैदेशिक रोजगारमा काम गर्दै आएका पन्तलगायतको सात जनाको टोलीले शनिबार छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँका ३४ विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई हिल ट्याङ्की, फिल्टरलगायत २८ […]
समाज
जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गरिने
काठमाडौँ, २० कात्तिक । ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताए । ऐन अनुसार जरिवाना […]
स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै
खस्यौली, २० कात्तिक । रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६/०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले […]
यातायात व्यवस्था कार्यालय भाडामा सञ्चालन
तुलसीपुर, २० कात्तिक । यातायात व्यवस्था कार्यालय दाङको ट्रायल सेन्टर भाडाको जग्गामा सञ्चालित छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित शोभा भगवतीको गुठीको जग्गा भाडामा लिएर २०७० सालदेखि ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको हो । कार्यालयले वितरण गर्ने सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि दिइने ट्रायल सेन्टरलाई १० वर्षका लागि भाडामा लिइएको हो । करीब दुई बिघा जग्गा भाडामा […]
नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा
काठमाडौँ, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गरेका छन । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको […]
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
काठमाडौँ, २० कात्तिक । कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजानिक र निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोषणको अवस्थालाई सुधार गर्दै स्वास्थ्यको स्थिति सुधार गर्न सरकारले पहिलोपटक पोषणका क्षेत्रमा निजी क्षेत्रसितको सहकार्य अगाडि बढाएको हो । पाँच वर्षमुनिका करीब ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित हुने गरेका राष्ट्रिय आँकडा छ । राष्ट्रिय योजना आयोग […]
नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते
अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष […]
एकै ठाउँमा सात जातिका घर
दमौली, २० कात्तिक । विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् । व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल […]
सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा
सिन्धुली, २० कात्तिक । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र […]
पर्यटक लोभ्याउँदै पोकली झरना
ओखलढुङ्गा, २० कात्तिक । पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्यय पर्यटक बढेका हुन् । विगतमा ओखलढुङ्गा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्यय पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले […]











