प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंका

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंकाकाठमाडौैं १० मंसिर । स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका एक चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि चिकित्सकहरुले परीक्षण गरिरहेकाले एपेन्डिसाइटिस भएको भनेर यकीनसाथ भन्न सकिने अवस्था नरहेको बताए । ‘समस्या के हो भनेर अहिले पनि चिकित्सकहरुले परीक्षण गरिरहेका छन, थापाले भने, ‘चिकित्सकहरुको परीक्षण नसकिएका कारण अहिले नै एपेन्डिसाइटिस भएको कसरी भन्ने

प्रधानमन्त्री ओली अहिले मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरको कोरोनरी केयर युनिट सीसीयू मा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार विहान मनमोहन सेन्टर लगिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी समेत हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा फेरि समस्या देखिएको छ । हाल नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीको आइतबार मात्रै ग्रान्डी अस्पतालमा चौथोपटक डायलाइसिस गरिएको थियो ।

Loading...