अस्पतालमै बिरामीलाई करणीको प्रयास गर्ने मेडिसिटी अस्पतालका डाक्टर पक्राउ

काठमाडौं, ९ मङ्सिर । विरामीले भगवान मान्ने डाक्टर नै राक्षस परेपछि प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार गर्न आएकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि डाक्टर प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुरस्थित मेडिसिटी अस्पतालका एक डाक्टर रहेका छन् । झा थर भएका डाक्टरमाथि एक युवतीले आफूलाई अस्पतालमै बलात्कार प्रयास गरेको जाहेरी दिएपछि पक्राउ गरिएको ललितपुर प्रहरीले पुष्टि गरेको छ ।

उपचार गर्न केहि दिन अघि अस्पताल पुगेकी पिडित युवतीले डाक्टर झाबाट बलात्कारको प्रयास भएको भन्दै उजुरी दिएपछि सोमवार प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका झा उक्त अस्पतालका जनरल फिजिसियन हुन् । उनलाई सोमबार साझ पक्राउ गरिएको ललितपुर प्रहरीको भनाइ छ ।

प्रहरीले अनुसन्धान शुरु गरेको र अहिले नै दोषी ठहर नभैसकेका कारण पीडक भनिएका डाक्टरको नाम गोप्य राखिएको छ ।

Loading...