प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ १० मंसिर । केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि गएका थिए । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि भर्ना गरिएको हो,’ थापाले भने ।यसअघि प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलायसिस गर्दै आएका थिए ।

Loading...