पाल्पा, २० कात्तिक । नेपालकै अनौठो मानिने चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेलाको तयारी सुरु भएको छ । मेला मुल आयोजक समितिको आयोजनमा आज भएको पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरण्मा पुगेको जानकारी दिईएको हो । यस वर्षको मेला यही कात्तिक २४, २५ र २६ गते गरि तिन दिन सम्म चल्ने मुल आयोजक समितिका संयोजक […]
समाज
सन्धिखर्कको नरपानी कार दुर्घटनामा एकै परिवारका तीनको मृत्यु, दुई घाइते
अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । कार […]
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
खलङ्गा, २० कात्तिक । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल […]
ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि।।।
पाँचथर, २० कात्तिक । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताईन । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताईन । कुटपिटपछि ससुराले डाम्नलाई फलाम […]
कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या
लहान, २० कात्तिक । कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहेका छन । घर नजीकै खाली रहेको जग्गामा उनको कुखुरा फार्म छ । कुखुरापालनबाटै राम्रो आम्दानी हुन थालेपछि पैंतीस वर्षीय सदाले अब विदेश जाने सोच नै त्याग्नु भएको छ । काम गर्न […]
कात्तिक नाचअन्तर्गत युद्धकला मञ्चन हुँदै
ललितपुर, २० कात्तिक । सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ । आज आयोजना हुने पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला […]
जिल्ला अस्पतालमा चिकित्सक अभाव
खाँदबारी, २० कात्तिक, । खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुगे । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो । आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भने, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको […]
सीमाअतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन
भक्तपुर, २० कात्तिक । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा […]
तिलोत्तमामा दुग्ध प्रशोधन केन्द्र स्थापना हुने
बुटवल, २० कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो । करीब रु ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घले काम अघि बढाएको हो । तिलोत्तमा नगरपालिकाले परियोजनका […]
छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते
गुलरिया, २० कात्तिक । गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज […]










