चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जमा पाहुना चरा

चितवन, २१ कात्तिक । पर्या पर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्को एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् । चराविद् डा हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती […]

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौँ, २१ कात्तिक । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको […]

ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण

काठमाडौँ, २१ कात्तिक । चन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ ।नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो । परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति […]

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ: मन्त्री पुन

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताए । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम अगाडि […]

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

लहान, २१ कात्तिक । अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले […]

पर्यटकीय गन्तव्य बन्दै ‘बाउन्नघोला सिमसार क्षेत्र’

परासी, २१ कात्तिक । पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई बर्दघाट नगरपालिकाले संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको हो । जैविक विविधताले महत्वपूर्ण यस सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रुपमा […]

धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति

गलेश्वर, २१ कात्तिक । यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल ८१६७ मि को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको […]

भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

गोरखा २१, कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उनले भने, “त्यसमध्ये […]

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे । मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको […]

जहा मनमनै होइन, चिच्याएर वर मागिन्छ

पाल्पा, २० कात्तिक । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ […]