बहुबिबाह गरे जागिर चट्

बहुबिबाह कानुन द्वारा बन्देज छ तरपनि ब्यवाहारमा त्यो लागू हुन भने सकेको देखिदैन । यसैबीच, सरकारले बहुविवाहप्रति कठोर कदम चाल्ने संकेत गरेको छ ।

सरकारले बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने भएको हो ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने गरी व्यवस्था गर्न मस्यौदा तयार पारिएको छ ।

बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा पहिलो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्ता निजामति कर्मचारीको जागिर बर्खास्त गर्ने व्यवस्था गर्न मस्यौदामा भनिएको छ ।

आज सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा यसमाथि छलफल हुने बताइएको छ ।

Loading...