बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगरबाट पक्राउ

ढोंगी बाबाका अनेक बदमासी बेलाबखत मिडियामा आइरहन्छन । यसैबीच बलाल्कार आरोप लागेका सुनसरीको चतरा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगर बाट पक्राउ परेका छन् ।

आफ्नै एक अनुयायी भक्तलाई जबर्जस्ती करणीको आरोप लागेका गिरीलाई सोमवार विहानै प्रहरीले गिरफ्तार गरेको हो । सुनसरी प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होम बाट उनलाई पक्राउ गरेको जनाएको छ ।

एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीको भनाइ छ । ती महिलाले आफूमाथि कृष्णदासले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

महिलाको जाहेरी पछि उनी हार्ट अट्याक भएको भन्दै अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताइएको छ । गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्।

गिरीका अनुयायीहरुले उनलाई फसाउन खोजिएको आरोप लगाइरहदा गिरीले आफूबाट गल्ती भएको भन्दै रुँदैरुँदै माफी गरिदिन याचना गरेको अडियो रेकर्ड नै सार्वजनिक गरेपछि प्रहरीले उनलाई सोमवार विहान पक्राउ गरेको हो ।

Loading...