सर्भिस ट्रयाकमै टिपरले ठक्कर दिंदा २७ वर्षीय पैदल यात्रुको मृत्यु

आइतवार राती सर्भिस ट्रयाकमै ठक्कर दिई ज्यान लिएर फरार टिपर प्रहरीको फन्दामा परेको छ ।

भक्तपुर १ सृजनानगर स्थित हनुमन्ते पूलबाट सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा २७ वर्षीय समीर बि.क.को ज्यान लिएर फरार टिपर समात्न प्रहरी सफल भएको हो ।

करिब साढे ८ बजेको समयमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका समीर घाईते भएका थिए । उनलाई प्रहरीले उद्धार गरी सल्लाघारी स्थित डा.इवामुरा स्मृती अस्पताल पुर्याएपनि करिब ९ बजे नै उनलाई अस्पतालले मृत घोषित गरिदिएको थियो ।

ज्यान लिएर फरार सवारी साधनको खोजीमा रहेको प्रहरीले सीसीटीभी लगायतका प्राविधिक अनुसन्धान तथा बिभिन्न स्थानहरुमा प्रहरी टोलीहरु खटिई चेकजाँच गर्ने क्रममा ठक्कर दिने सवारी साधनलाई राती १२ बजेको समयमा पक्राउ गर्न सफल भएको सृजनानगरका स्थानीय बासिन्दा समेत रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

पोखरेलका अनुसार दुर्घटना गराई फरार रहेको सवारी कोटेश्‍वर तिनकुनेबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बा ३ ख २५३१ नं. ट्रिप्र र त्यसका चालक काभ्रे महाभारत गा.पा. ८ घर भई हाल काभ्रेको साँगा बस्ने बर्ष ३० को सिद्धिमान तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्तजगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको बताइरहेको छ ।

Loading...