भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० काे सोझो सेटमा पराजित हुँदै तियोगिताबाट बाहिरिएको हो।

नेपाल भारतसँग २५–१५, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा बुधबार बंगलादेशसँग पराजित भएको थियो।

नेपाल रहेको समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालकाे महिला भलिबल टाेलीले भने सेमिफाइनलमा स्थान बनाएकाे छ।

Loading...