बाजुरा २१ कात्तिक । जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् । बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । बिहान ७ बजे […]
समाज
त्रिपिटक वाचनमा २५ देश सहभागी हुने
रुपन्देही, २१ कात्तिक । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो । […]
आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन कात्तिक २६ देखि
काठमाडौँ, २१ कात्तिक । आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा सहयोग गर्ने उद्देश्यले यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायको सहभागितामा काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । यही कात्तिक २६ गतेदेखि शुरुहुने तीनदिने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधिको सहभागिता हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । अहिलेसम्म २५ मुलुकका प्रतिनिधि आउने निश्चित […]
अघि बढ्यो मेलम्ची आयोजनाका बाँकी रहेको काम
मेलम्ची, २१ कात्तिक । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० […]
करिडोरको स्तरोन्नतिमा सेनाको सक्रियता
बलेवा, २१ कात्तिक । सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ । करिडोरको ठाउँठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो । गत ज्येष्ठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले विविध अवरोधका […]
सडक निर्माणमा ढिलासुस्ती
बनियानी, २१ कात्तिक । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएपछि नागरिक सडक सङ्घर्षमा उत्रिएका छन् । निर्माण सम्झौता सकिन लाग्दासमेत निर्माण कार्यले गति नपाउँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नागरिक सडक सङ्घर्षमा उत्रिएका हुन् । “सम्झौता अवधि सकिन लाग्दा पनि अपेक्षाकृत काम भएको छैन’, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले भने, “समयमै सडक […]
आफ्नै बुबाको हत्याआरोपी थुनामा
सप्तरी, २१ कात्तिक । सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी […]
अलैँचीको भाउ नपाउँदा किसान निराश
बागलुङ, २० कात्तिक । चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ । उचित मूल्य […]
वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो
सुर्खेत, २१ कात्तिक । बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो । मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई डोजर प्रयोग गरेर […]
वडाध्यक्ष सुवालसहित १० विरुद्ध किटानी जाहेरी
काभ्रेपलाञ्चोक, २१ कात्तिक । बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पु¥याएको […]











