बेत्रावती नुवाकोट, २२ कात्तिक । धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको नुवाकोट र रसुवाको सीमाक्षेत्रको पुण्यभूमि बेत्रावतीमा नुवाकोटको सूर्यगढी गाउँपालिका– २ पहरेचोकका स्थानीयको भीड लाग्यो । वैदिक विधिअनुसार बाजागाजा र भजनकीर्तनसहित उनीहरु आएका थिए । झ्याउरे भाकामा बाटोभरी नाचगान गर्दै आाएको त्यो लावालस्करले बेत्रावतीका स्थानीयको ध्यान तान्यो । उनीहरु डोलीमा घुम्टो ओढेर सजिएकी बेहुलीसँगै आएका […]
समाज
फैसला कार्यान्वयन तीव्र
रसुवा, २२ कात्तिक । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ । जिल्ला अदालतका अधिकृत श्रेस्तेदार सदन अधिकारीका अनुसार फैसला भई कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका ७९ अभियुक्तको लगत अध्यावधिक रहेकाले ती व्यक्तिको खोजी गर्दै फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ । जिल्ला […]
नेपाली सेनाद्वारा विपद्सम्बन्धी जनचेतना
विदुर, २२ कात्तिक । नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको जबरजङ्ग गणले लिखु गाउँपालिका–१स्थित बराफेदीमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नारायणदेवी माध्यमिक विद्याललयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायत सोही ठाउँका बासिन्दासमेत सहभागी सो कार्यक्रममा विपद्बाट कसरी बच्ने, कसरी समस्या समाधान गर्ने र विष्फोटक पदार्थबाट कसरी सुरक्षित हुने भन्नेबारे प्रयोगात्मक अभ्याससमेत गरिएको सोही गणका गणपति उदयबहादुर लामिछानेले जानकारी […]
चर्कियो भारतविरोधी आन्दोलन
काठमाडौं । भारत सरकारले केही समयअघि सार्वजनिक गरेको आफ्नो देशको नक्सामा नेपालको भुभाग समेटेपछि नेपालमा भारतविरोधी आन्दोलन चर्किएको छ । नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दल र सरोकारवालाले भारतको सो कदमप्रति आपत्ति जनाउँदै आन्दोलन गर्न थालेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुका युवा र विद्यार्थी संगठनहरुले सडक तताउन […]
वडा सदस्य मृत भेट्टिए
बैतडी २२ कार्तिक । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिएका छन । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे […]
नेपालमा पहिलोपल्ट गोताखोर तालीम
चिप्लेढुङ्गा, २२ कार्तिक । नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब […]
करौडौंका सरकारी गाडी अलपत्र, बिग्रिएका बन्दैनन् नयाँ किन्दैनन्
तम्घास , कात्तिक २२ गते । गुल्मीमा सरकारी सेतो प्लेटनम्बरका सवारी साधन प्रयोगविहीन अवस्थामा रहेका छन् । जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा विग्रिएको अवस्थामा सरकारी गाडी एकातिरको कुनामा थन्किएर बसेका छन् । तिमध्ये कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेख समेत पाइदैन् । सबैभन्दा धेरै मूल्यका जिल्ला समन्वय समितिमा र सबैभन्दा कम मूल्यका डिभिजन बन कार्यालयमा […]
बूढानीलकण्ठमा शुक्रबार बिदा
काठमाडौँ,२१ कत्तिक । बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी तुलसी विवाह का दिन […]
लोप हुँदै गन्धर्वको पेशा,नयाँ पुस्ताले सिकेनन्
तम्घास, २१ कात्तिक । ‘दुःखीलाई आएन काल, बाँचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिकेका उनि अहिले ६९ वर्षको भए । शरीरमा पहिले झैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उनको रुचि […]
उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँ, २१ कात्तिक । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “केही समय मौसम […]










