कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

भक्तपुर, २० मङ्सिर । आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ । हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो ।

सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । उनको जानकारी अनुसार दुई दिन बिहान ११ देखि ४ बजेसम्म उक्त सडकको मुख्य लेनमा सवारी चलाउन बन्द हुनेछ।

बन्दको समयमा सवारी साधनहरु कोटेश्वरबाट जडीबुटी चोक, पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जगाती पुग्नुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएका छन्।

Loading...