गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न

भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो।

आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । निजीक्षेत्रबाट सञ्चालित गण्डकी मेडिकल कलेजनसहित चारवटा मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क असुलेकाले उक्त शुल्क फिर्ता दिनुपर्ने माग राख्दै विद्यार्थीहरू परीक्षा बहिस्कार गरी आन्दोलनमा उत्रिएको खबर छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरू भएको छ।

Loading...