सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं, २४ कात्तिक । काठमाडौं उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्दै आएका छन् । यसैक्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलाथिस्त एक घरमा पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीका अनुसार नागार्जुन–४ स्थित कुमारी मन्दिर नजिकै गोविन्द केसीको घरमा […]

प्याराग्लाइडिङको परीक्षण उडान

बागलुङ, २४ कात्तिक । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि […]

स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

चितवन, २४ कात्तिक । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् […]

सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती

परासी, २४ कात्तिक । कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कृषिबाटै आर्थिक समृद्धि प्राप्त हुने भन्दै बर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीका ३२ शेयर सदस्यलाई प्रवद्र्धन […]

सुदूरपश्चिमकै नमूना बन्दै जोरायलको न्यायिक समिति

डोटी, २२ कात्तिक । डोटीको जोरायल गाउँपालिका–३ अल्याडीका नरेशबहादुर थापा र श्रीमती गोमती थापाबीच मिल्न नसकेको घर झगडा गाउँपालिकाको स्थानीय न्यायिक समितिसमक्ष पुग्यो । घरमा श्रीमान्ले कुटपिट र गालीगलौज गरिरहने भएपछि दुई छोराकी आमा गोमतीको आग्रहमा माइती र घरपक्षसँग छलफल गर्दा पनि सहमति नजुटेपछि यो विवाद न्यायिक समितिमा पुगेको हो । विवाद निरूपणका लागि श्रीमती […]

१२ करोड महशुल नतिरेको रघुपति जुट मिललाई किस्ताबन्दीमा ४४ किस्तामा महसुल तिर्न प्राधिकरणको पत्र

काठमाडौँ, २२ कात्तिक । विगतमा डेडिकेटेड र ट्रङ्क लाइन लिएर तोकिएअनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न दिने नेपाल विद्युत् प्राधिकरणको निर्णय कार्यान्वयन गर्न थालिएको छ । प्राधिकरण सञ्चालक समितिको यही कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै उद्योगीलाई मर्का नपर्ने गरी किस्ता तय गरिएको छ । प्राधिकरणले सोही निर्णयअनुसार रघुपति […]

सामाजिक शान्तिका लागि अन्तरधार्मिक संवाद बढाउन मिडियाको भूमिकामाथि जोड

  काठमाडौं, २२ कार्तिक । सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरधार्मिक शान्ति महासंघ नेपाल (आइपीएफएन)ले राजधानीमा आयोजना गरेको शान्ति स्थापनाका लागि अन्तरधार्मिक संवाद र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरुबीचको सहकार्यमा जोड दिएका हुन् । साथै […]

उपत्यकामा सवारीसाधनको बाटो निर्धारण हुन सकेन

काठमाडौँ, २२ कात्तिक । काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् । डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात […]

बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार

परासी, २२ कात्तिक । पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ । जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने […]

बाँके र बर्दियामा मानवाधिकारसम्बन्धी परियोजना शुरु

नेपालगञ्ज, २२ कात्तिक । बाँकेको डुडुवा र बर्दियाको बढैया ताल गाउँपालिकामा ‘पारस्परिक जवाफदेहिता मानवाधिकार सुदृढीकरण परियोजना’ शुरु गरिएको छ । सम्बद्ध गाउँपालिकाको समन्वयमा सूचना तथा मानवाधिकार केन्द्रले सञ्चालन गरेको परियोजनाले अधिकारमा आधारित दृष्टिकोण अवलम्बन गरी नागरिक समाज र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै मानवाधिकारको संरक्षण, प्रवद्र्धन तथा कार्यान्वयनमा विशेष जोड दिने जनाइएको छ । परियोजनाअन्तर्गत […]