बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई गोली ठोकेर मारियो!

गत २७ नोभेम्बरको राती हैदरावादमा महिला पशु चिकित्सक डा प्रियँका रेड्डीसँग सामुहिक बलात्कार गरी जिउँदै जलाएको थियो । जलेको अवस्थामा प्रियँकाको शव बेंगलुरु हैदरावाद राष्ट्यि राजमार्गको अन्डरपासको नजिकै भेटाएको थियो । भारतीय प्रहरीले यस मा’मिलामा चारै जना आ’रोपिलाई पक्राउ गरेको थियो । प्रहरीले आ’रोपितहरुलाई अदालतमा पनि पेश गरेको थियो जहाँ उनीहरुलाई १४ दिनको हिरासतमा राख्न पठाइएको थियो । त्यसपछि हैदरावाद प्रहरीले थुनुवाको माग गरेकोमा उनीहरुलाई ७ दिनको प्रहरी कस्टडीमा पठाइएको थियो ।

प्रहरीले उनीहरुलाई सिन रिक्रिएट गर्न लगेका थिए , उनीहरु भाग्न खोज्दा उनीहरुलाई गोली हानेको दाबी गरिएको छ । आरोपितहरुले सहयोग गर्ने भावना देखाउँदै प्रियँकालाई सामुहिक बलात्कार गरेका थिए । त्यसपछि घाँटी दबाएर मारेपछि जिउमा आगो लगाएर जलाएका थिए । यस घटनापछि भारतमा आम जनता सडकमा आउँदै उनीहरुको रिस बाहिर आएको थियो । उनीहरुलाई इन्काउण्टर गरेपछि प्रियँकासँग न्याय भएको प्रतिक्रिया भारतका जनताहरु दिएका छन् । हालाकी, यो न्याय नभएको पनि तर्क गरिएको छ ।

Loading...