सूर्य कम्प्लेक्समा आगलागी क्षतिको विवरण आउन बाकी

सुनसरी, २२ मंसिर । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

यद्यपि रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीले भने २ करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरे । आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो ।

Loading...