नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ। घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो।
३० वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा आए पनि अझै केही मानिसहरू भित्र फसिरहेका छन्। ५० जनालाई बाहिर निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पताल उपचार भइरहेको छ। आगलागी भएको क्षेत्रका गल्ली साँघुरा भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन्।