पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमण गर्न आज तानसेनमा जादैँ

पाल्पा १९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाको तानसेनमा धार्मिक भ्रमण गर्न आउनुहुने तयारी छ । रणउजिश्वरी भगवती मन्दिरमा पूजा र दर्शनका लागि पूर्व राजा शाह आज बिहीबार दिउँशो तानसेन आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

५ नं प्रदेशका विभिन्न ल्लाहरुको भ्रमण गर्ने कार्यक्रम अनुसार शाह तानसेन आउन लाग्नुभएको हो । पूर्व राजा शाहले बिहीबार दिउँसो ३ बजे भगवती मन्दिरको पूजा गर्ने कार्यक्रम तय भएको छ । शाहले निकट र त्यहाँ आएका नागरिकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

पूर्व राजाको स्वागतका लागि जिल्लामा विभिन्न समिति समेत गठन भएको सामाजिक संजालमा पोष्ट भएका छन् । तर कसले गरेको हो भन्ने आधिकरिक छैन । भगवती मन्दिरमा पूर्व राजा आउने भएपछि भगवती मन्दिर व्यवस्थापन समितिका नेतृत्वको चहलपहल बढेको छ ।

Loading...