पाल्पाको तिनहुँमा जीप दुर्घटना , २ जनाको मृत्यु

पाल्पा, १९ मंसिर । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनहुँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ज ४२०९ नम्बरको जीप तिनहुँ गाउँपालिका ५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गबाट करिव २०० मिटर तल खसेको छ । विहीबार विहान ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीपमा कति यात्रृहरु सवार थिए भने अझै खुल्न सकेको छैन भने मृतकको पनि सनाखत हुन सकेको छैन ।

Loading...