भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू, शुभसाईत शनिबार

भक्तपुर, १८ मङ्सिर । विश्व सम्पदा सुचिमा रहेको भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू गरिएको छ । टौमढी क्षेत्रमा रहेको उक्त मन्दिरमा २०७२ बैशाख १२ गते आएको भूकम्पले मन्दिरको पाँचौं तल्लमा मात्र क्षेति पुगेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष्य प्रेमगोपल कर्माचार्यले जानकारी दिएका छन् । केहि दिनको अन्तरलमा आईरहेको परकम्पनले मन्दिरको क्षेतिलाई बढावा दिईरहेको थियो । कर्माचार्यले हाललाई भने पाँचौं तल्लाको मात्र जिर्णोद्वार गर्ने र आवश्यक परेको खण्डमा आवश्यकता अनुसार मर्मत गर्दै जाने बताएका छन् । उनले उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार सुरु गरेको जानकारी दिए।

स्थानीय बुढापाकाका अनुसार १९९० सालको भूकम्पमा पनि मन्दिर माथिल्लो तलामात्रै भत्किएर जीर्णोद्धार सम्पन्न गरेको थियो । सांस्कृतिक र धार्मिक महतत्व बोकेको उक्त मन्दिरको छानो बिगार्ने काम शुभसाईत हेरेर गर्नु पर्छ भन्ने पक्षमा स्थानीय बुढापाका रहेको उपभोक्ता समितिका अध्यक्ष्य केशव तमाखुले बताए । कर्माचार्यले शुभसाईत शनिबारका दिन परेको जनाएको छ ।

भक्तपुर सम्पदा साखाका इञ्जिनियर रामगोविन्द श्रेष्ठको भनाई अनुसार भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार तीनसय ५८ रूपैयाँको लागत इस्टिमेट गरीएको छ । उनले अघिल्लो आर्थिक वर्षमा नै पाँचतले मन्दिर जीर्णोद्धार गर्ने भक्तपुर नगरपालिकाले निर्णय गरी ५७ लाख ४४ हजार दुई सय ४२ रूपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

‘पाँचतले मन्दिर जिर्णोद्वार गर्न गत वर्षनै बजेट छुट्याएको थियो, भैरवनाथको मन्दिर पनि जिर्णोद्वार गरिरहेको थियो’ अध्यक्ष्य केशव तमाखुले भने, ‘ एकै ठाउँमा दुईवटा मन्दिर एकै साथ जिर्णोद्वार गर्दा समस्या आउने हुनाले पाँचतले मन्दिरको काम रोकिएको हो ।’ जिर्नोद्वारको लागि खत बढ्ने काम मङ्सिर ७ गतेबाट सुरु गरेको उनले बताए । जिर्नोद्वारको कार्य यहि आर्थिक वर्षको मसान्तसम्ममा सक्ने अनुमान रहेको इञ्जिनियर श्रेष्ठले बताएका छन् ।

Loading...