मेसीले जिते छैटौ पटक कीर्तिमानी बलोन डी’ओर अवार्ड

काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियाेनल मेस्सीले यस वर्षकाे बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलकाे सबैभन्दा ठूलाे उपाधिका रुपमा रहेकाे बालोन डी’ओर मेस्सीले छैटाै पटक जितेका हुन् ।

बार्सिलोनाका फरवार्ड मेस्सीले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै कीर्तिमानी छैटौं पटक बालाेन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९, १०, ११, १२ र २०१५ मा पनि याे अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो । महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।

विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

Loading...