उपनिर्वाचन सकिने वित्तिकै बढ्यो पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य

 उपनिर्वाचन सकिने वित्तिकै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको जनाएको छ ।

ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको बताइएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको निगमले बताएको छ ।

Loading...