नयाँ सिजनको तयारीमा बार्साको जित, मेस्सीले गरे दुई गोल 

एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा प्रभावशाली जित दर्ता गरेको छ।

बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो ।

३३ वर्षका मेस्सी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए बार्सिलोनाबाट बाहिरिने असफल प्रयासपछि। मेस्सीले बुधबार रातिको मैत्रीपूर्ण खेलमा दुवै गोल लङ्ग रेन्जमा गरेका हुन् ।

मेस्सीले फिलिप कोन्टिन्होले गरेको गोलमा पनि सहयोग गरेका हुन्। बार्सिलोनाले ला लिगामा आफ्नो नयाँ सिजनको सुरुवात सेप्टेम्बर २६ वा २७ मा भिल्लारियलविरुद्धको खेलबाट गर्ने छ।

Loading...