काठमाडौमा संक्रमणले हान्यो छलाङ, शुक्रबार ८५९ संक्रमित

काठमाडौँ, २ असाेज । शुक्रबार काठमाडाैं उपत्यकामा अहिलेसम्मकै बढी काेराेना भाइरसका संक्रमित फेला परेका छन् । लकडाउन र निषेधाज्ञा थप खुकुलाे भएर लामाे दूरीका यातायातहरु खुले लगत्तै संक्रमणकाे दर ह्वात्तै बढेकाे हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार काठमाडाै उपत्यकामा ८४९ जनामा संक्रमण देखा परेकाे जनाएकाे छ । यससँगै देशभरकाे संंक्रमण संख्या पनि बढेकाे छ । देशभर पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएकाे पनि मन्त्रालयले जनाएकाे छ । 

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैमा सबैभन्दा बढी संक्रमित छन् । शुक्रबार पनि काठमाडौँ जिल्लामा ६९८ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ७९ तथा भक्तपुरमा ८२ जनामा संक्रमण देखिएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७३८३ जना कोरोना संक्रमित छन्। क्वारेन्टिनमा रहेकाहरुको संख्या ७७३६ रहेको छ।

 

Loading...