शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० हजार ८१८ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Loading...