रोनाल्डोभन्दा ३ गुणा बढी अंक ल्याएर मेस्सी भए युरोपका उत्कृष्ट फरवार्ड

काठमाडौं । विश्व फुटबलमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यस समयका सबैभन्दा बढी चर्चित खेलाडी हुन् । मैदानमा उनीहरुको प्रदर्शनले फुटबलप्रतिको आकर्षण अझै बढाइदिएको छ । विश्व फुटबलमा उनीहरुबीच को राम्रो खेलाडी भन्नेबारे ठूलो चर्चा हुने गरेको छ । केही समय अघि स्पेनकै रियल म्याड्रिड फुटबल क्लबमा आवद्ध रहेका क्रिस्टियानो रोनाल्डो अहिले इटालीको फुटबल क्लब युभेन्टसमा छन् । लियोनल मेस्सी भने लामो समयदेखि स्पेनकै फुटबल क्लब बार्सिलोनामा कप्तानको रुपमा फुटबल खेलिरहेका छन् ।

यसैबीच बार्सिलोनाका स्टार लियोनल मेस्सी युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई ३ गुणा बढी अंक ल्याएर युरोपका उत्कृष्ट फुटबलर बनेका छन् । युरोपियन फुटबल महासंघले मेस्सीलाई सन् २०१८–१९ सिजनको उत्कृष्ट फरवार्ड घोषणा गरेको हो । युरोपका उत्कृष्ट १० खेलाडीको सूचीमा मेस्सी उत्कृष्ट भएका हुन् । युरोपियन फुटबल महासंघले बिहीबार मेस्सीलाई २८५ अंकसहित उत्कृष्ट फरवार्ड भएको भएको घोषणा गर्दा क्रिस्टियानो रोनाल्डोले भने जम्म ९१ अंक पाएका छन् ।

मेस्सीपछि यो अवार्डमा लिभरपुलका सडियो माने र यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । दोस्रो स्थानमा रहेका सडियो मानेले १०९ अंक पाएका छन् । रोनाल्डोभन्दा मेस्सीले १९४ अंक बढी पाएका छन् ।

यस्तो छ उत्कृष्ट १० फरवार्डहरुले पाएको अंकः

1 Lionel Messi (Barcelona) – 285 points
2 Sadio Mané (Liverpool) – 109 points
3 Cristiano Ronaldo (Juventus) – 91 points
4 Mohamed Salah (Liverpool) – 83 points
5 Dušan Tadić (Ajax) – 35 points
6 Raheem Sterling (Manchester City) – 15 points
7 Robert Lewandowski (Bayern) – 10 points
8 Roberto Firmino (Liverpool) – 9 points
9 Harry Kane (Tottenham) – 9 points
10 Leroy Sané (Manchester City) – 6 points

यो अंक च्याम्पियन्स लिगमा सहभागिता जनाउने ३२ क्लबका प्रशिक्षकहरु तथा यूरोपका विभिन्न ५५ जना पत्रकारहरु, यूएफाका हरेक एक राष्ट्रका सदस्यहरुहरुले दिएको दिएको मतका आधारमा तय भएको हो । प्रशिक्षकहरुलाई आफ्नै क्लबका खेलाडीहरुलाई भोट दिन बन्देज लगाइएको थियो।

उनीहरुले एक नम्बरमा छानेका खेलाडीलाई ५ अंक, दोस्रोमा छानेका खेलाडीले ३ अंक तथा अन्तिममा छानिएका खेलाडीले एक अंक पाएका थिए। त्यसो गर्दा सर्वाधिक अंक ल्याएर मेस्सी विजेता भएका हुन्।

अघिल्लो सिजनमा मेस्सी यूरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै सर्वाधिक गोल स्कोरर थिए। उनको टोली बार्सिलोना भने च्याम्पियन लिभरपुलसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।

गत सिजनमा मेस्सीले स्पेनिस ला लिगा जितेका थिए। उनी ला लिगाका पनि उच्च स्कोरर हुनुका साथै सबैभन्दा बढी सहायक गोलकर्ताको भुमिका निर्वाह गर्ने खेलाडी समेत थिए।

गत सिजन च्याम्पियन्स लिगमा १० खेल खेलेका मेस्सीले १२ गोल गर्नुका साथै ३ गोलमा सहायकको भुमिका निर्वाह गरेका थिए। यस्तै ला लिगामा ३४ खेल खेल्दै उनले ३६ गोल गरे।

मेस्सीका बारेमा बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भेलभर्डे भन्छन्, ‘मेस्सी छुट्टै ग्रहबाट आएका अद्भुत खेलाडी हुन्। उनी गोल स्कोररमात्रै होइन्।उनी उत्तिकै सहायकको रुपमा देखिन्छन्। आफ्नो वरिपरिको वातावरण पनि गज्जब बनाउछन्।’

मेस्सीकै अगाडि रोनाल्डोले उनका बारे यस्तो भने हेर्नुहोस भिडियो