गाइखुरे झरनाबाट खसेर एक सैनिकको मृत्यु

लमजुङ, १३ भदौ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ। दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो।

उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो। महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न नेपाली सेनाको टोली त्यहाँ गएको हो।

सरसफाइ गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेर घाइते भएका थिए। उनको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिए।

Loading...